जनतालाई गुमराहमा राखिएको एमसीसी सम्झौता संशोधन नगरी पास गर्नु हुँदैन : खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहायता परियोजना (एमसीसी) जनतालाई गुमराहमा राखेर गरिएको सम्झौता भएको बताएका छन् ।

संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै नेता खनालले नेपालको हितलाई सर्वोपरि राखेर एमसीसी सम्झौता नभएको बताए । सम्झौताका बारेमा जनतालाई थाहा नदिएरै अगाडि बढाइएको र अध्ययन समेत गर्न नदिएको खनालको भनाइ छ ।

उनले भने, ‘एमसीसी केही गिजोलिएको छैन् । नेपालको हितलाई सर्वोपरि राखेर यो एमसीसी सम्झौता सुरुमै भएन । नेपाली जनतालाई थाहा नै नदिनकन, राम्ररी अध्ययन नै गर्न नदिइकन, के गर्दा राष्ट्रको हित हुन्छ भन्ने कुरा बुझ्दा पनि नबुझिकन नेपाली जनतालाई गुमराहमा राखिएर यो सम्झौता गरिएको हो ।’

खनालले एमसीसी राष्ट्रको हितविपरीत भएको भन्दै त्यो संशोधन नगरि स्वीकार गर्न नसकिने बताए । उनले भने, ‘यो सम्झौता भित्र गम्भीर राष्ट्रिय हितविपरितका कुरा छन् । ती कुरामा सुधार नभइकन यो एमसीसी पास हुन सक्दैन । नमिलेका कुरा जबरजस्त ठेल्न खोज्नु हुँदैन । असहमतिको विषयमा धाक धम्की दिएर हुन्छ ?’

Comments

One response to “जनतालाई गुमराहमा राखिएको एमसीसी सम्झौता संशोधन नगरी पास गर्नु हुँदैन : खनाल”

  1. ksp pyl Avatar
    ksp pyl

    अरू सम्झाैता गर्दा दाम पाउने गरेका थिए । एमसिसिले दाम दिएनछ अनि गुमराह रे । यिनलाई दाम भए पास नभए गुमराह भन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *