आजको संसदमा एमसीसी टेबल होला ?

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा बहुचर्चित र विवादित अमेरिकी सहायता परियोजना (एमसीसी) टेबल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ ।

हिजो बसेको सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले एमसीसी पारित गर्ने निर्णय गरेसँगै आजको संसदमा उक्त सम्झौता टेबल हुने धेरैको अनुमान छ । तर, संसद सचिवालयले हिजो जारी गरेको सम्भावित कार्यसूचीमा एमसीसीको विषय राखिएको छैन । हिजो प्रधानमन्त्री र कानूनमन्त्री लगायतले आज एमसीसी टेबुल गर्ने बताएका थिए ।

संसद बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । र उक्त समितिको बैठकले संसदको कार्यसूची तय गर्नेछ । कार्यव्यवस्था समितिले संसदको कार्यसूचीमा एमसीसी पनि राख्ने सम्भावना छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने सदनमा अवरोध कायम राख्ने बताएको छ । आफूहरुले कारबाही गरेका सांसदलाई पदमुक्त गर्नुपर्ने लगायत माग राखेर एमालेले निरन्तर सदन अवरोध गरिरहेको छ ।

Comments

2 responses to “आजको संसदमा एमसीसी टेबल होला ?”

  1. पुष्कर कडेल Avatar
    पुष्कर कडेल

    ए मूर्खहरू एमसीसीलाई संसदमा टेबल गर्ने कि नगर्ने र पास गर्ने कि नगर्ने भन्ने व्यर्थको बहस गरेर जनतालाई मूर्ख बनाउने प्रयास नगर! त्योभन्दा पहिला ऋण तथा दान-अनुदान लिने नीतिमा पुनरावलोकन गर्नुपर्ने आवश्यकतालाई बुझेर त्यसलाई राष्ट्रिय बहस बनाउने आँट गरेर तत्काल एमसीसीलाई स्थगन गर!

    1. binod basnet Avatar
      binod basnet

      mcc table गरेर पास या फेल जे गर्ने हो गरे भयो नि किन बेक्कार बहस गर्नपर्यो???
      अर्को कुरा जति mcc को बिरोध गरे पनि Dv भर्ने को ताती छ त्यसैले नेपाली गुलाम बन्नै चाहेको छ जनता पहिलो भेडा हो , जनता फटाहा हो! यता mcc बिरोध गर्छ उता छोरा छोरिले अमेरिकामा भाडा माझेको मा गर्ब😀😁😂🤣🤣🤣

Leave a Reply

Your email address will not be published. Required fields are marked *