काठमाडौं । नेकपा (एमाले) को आज बसेको संसदीय दलको बैठकमा खाली कागजमा सांसदरुको हस्ताक्षर लिइयो । दुई/तीनवटा खाली कागजमा गरिएको हस्ताक्षरमा प्राय:जसो सांसदले हस्ताक्षर गरे पनि पाँच जनाले भने मानेनन् ।
हस्ताक्षर गर्न अस्वीकार गर्ने सांसदहरुमा थिए, भीमबहादुर रावल, घनश्याम भुसाल, पवित्रा निरौला खरेल, झपटबहादुर रावल र दीपकप्रकाश भट्ट । हस्ताक्षर नगर्ने मध्यका एक सांसद भट्टले कुन प्रयोजनका लागि संकलन गर्न खाेजिएकाे हाे त्याे कदमबारे प्रष्ट नभएकाले आफूहरुले हस्ताक्षर नगरेको बताए।
‘पार्टीले के स्टेप चाल्न खोजेको हो भन्ने कुरा नै अलि कंक्रिटरुपमा आएन,’ नेपाल प्रेससँग कुरा गर्दै उनले भने, ‘पार्टी अध्यक्षले बोल्दा के गर्ने, कसो गर्ने भनेर धेरै कुरा प्रष्ट पार्नु भएन । गर्न खोजेको कुरा के हो त्यसमा छलफल भएको छैन् । हिजो सचिवालयको बैठकमा पनि के गर्न खोजेको हो भनेर निर्णय भएको देखिएन । कुरा प्रष्ट भएर आयो भने त हस्ताक्षर गर्न त के अप्ठ्यारो भयो र ।’
आजको संसदीय दलको बैठकले महाअभियोगकारे निर्णय लिनेबारे निर्णय गर्ने अधिकार उच्च नेताहरुलाई दिएको थियो।

Leave a Reply