काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहायता परियोजना एमसीसीबारे आफू निर्णायक नभएको बताएका छन् ।
सोमबार सिंहदरबारमा आयोजना गरिएको सर्वदलीय बैठकपछि संवाददाताहरुसँग कुरा गर्दै सापकोटाले यसमा दलहरु नै निर्णायक हुने बताएका हुन् । ‘उहाँहरुले एमसीसीबारे आआफ्नो धारणा राख्नु भएको छ,’ उनले भने, ‘म खुल्ला छु। मैले सबैका कुरा गम्भीरतापूवर्क सुनेको छु।’
सदन सुचारु हुनुपर्छ भन्ने मात्रै आफ्नो भनाइ रहेको र आफू निष्पक्ष भूमिका निर्वाह गर्न तयार रहेको बताए । ‘सभामुखको हैसियतले मैले निष्पक्ष भूमिका निभानुपर्छ भन्नेमा म सचेत छु,’ सापकोटाले भने, ‘मैले विशेष रुपमा जोड दिएको कुरा सदन सुचारु हुनुपर्छ भन्ने हो । यसमा निर्णायक भूमिका दलकै हुन्छ ।’

Leave a Reply