याक एण्ड यति बन्द गर्ने निर्णय कार्यान्वयन गर्न काठमाडौंका सीडीओलाई गृह मन्त्रालयको पत्र

काठमाडौं । गृह मन्त्रालयले याक एण्ड यति होटल र क्यासिनो बन्द गराउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयले फागुन १ गते काठमाडौं जिल्ला प्रशासनलााई पत्र लेखेर पर्यट मन्त्रालयबाट भएको निर्णय कार्यान्वयनका लागि आवश्यक कारवाही गर्न भनेको हो ।

संस्कृति पर्यटन तथा नगारिक उड्डयन मन्त्री प्रेम आलेले माघ २६ गते मन्त्रीस्तरीय निर्णयबाट ४२ करोड राजश्व नतिर्ने याक एण्ड यति होटलको पाँचतारे वर्गिकरण रद्द गर्दै क्यासिनोको पनि लाइसेन्स खारेज गरेका थिए ।

मन्त्रालयले याक एण्ड यतिको चल अचल सम्पत्ति रोक्का राखेर होटल बन्द गर्ने निर्णय गरेको छ ।

पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले राजश्व असुलका लागि मन्त्रालयले गरेको काममा गृह प्रशासनबाट सहयोग नभएको भन्दै नेपाल प्रेसमार्फत असन्तुष्टि जनाएका थिए ।

यसबीचमा मन्त्री आलेले गृहमन्त्री बालकृष्ण खाणसँग समेत कुराकानी गरेपछि गृहले जिल्ला प्रशासनलाई पत्राचार गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *