काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले महाअभियोग ल्याएर स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् । एमाले संसदीय दलको बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै भट्टराईले यसमा स्थानीय चुनावमा गडबडी गर्ने योजना रहेको समेत बताए ।
‘हिजोको घटना स्वतन्त्र न्यायालयमाथिको हस्तक्षेप हो,’ उनले भने, ‘सत्ताको लाचार छायाँ बनाउने कुचेष्टा हो भन्ने हामीले बुझेका छौं । आसन्न स्थानीय चुनावमा कुनै न कुनै गडबडी गर्ने योजना छ भन्ने कुरा हामीले बुझेका छौं ।’
भट्टराईले नेपाली कांग्रस ‘नियोजित षड्यन्त्र’ मा फसेको समेत दाबी गरे । उनले भने, ‘सत्ता पक्ष र प्रतिपक्षबीच द्वन्द्व बढाएर मुलुकलाई असफल राष्ट्रतिर धकेल्ने नियोजित षड्यन्त्रमा नेपाली कांग्रेस फस्यो ।’

Leave a Reply