नेपालले आयरल्यान्डविरुद्ध पहिले बलिङ गर्दै, कुशल भुर्तेल प्लेइङ ११ मा फर्किए

काठमाडौं । ओमानमा जारी चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले केही बेरमा आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ ।

नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । अघिल्ला दुई खेलमा पनि टस जितेका नेपालका कप्तान सन्दीप लामिछानेले दुवैमा पहिला बलिङ गर्ने निर्णय लिएका थिए ।

यसअघि पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा शनिबार यूएईसँग २५ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाली बलरहरु जम्न सकेका थिएनन् ।

आयरल्यान्डविरुद्ध एक विकेट लिए सन्दीप लामिछाने टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गर्ने पहिलो नेपाली बलर बन्नेछन् ।

पहिलो रोजाईका भुर्तेल र मल्ल टोलीमा फर्किएका छन् ।

अघिल्ला दुवै खेलमा उनिहरुलाई आराम दिइएको थियो । टी—२० विश्वकपको विश्वस्तरको छनोटअघि बलियो टोलीविरुद्ध हुन लागेको यो टोलीलाई नै पहिलो रोजाईका रुपमा हेरिएको हुन सक्छ ।

यूएईविरुद्ध ३३ रन बनाएका लोकेशले विश्वकप छनोटमा रोजाईमा पर्न सक्ने कंकेत देखिएको छ । मिडियम पेशर करन केसी पहिलो रोजाईको मानिएपनि उनलाई यो शृंखलाका सबै खेलमा आराम दिइएको छ।

नेपालको प्लेइङ—११

सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी, कुशल मल्ल, अविनाश बोहरा, जितेन्द्र मुखिया

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *