दक्षिण कोरियामा कोरोनाले पुनःमहामारीको रुप लिएपछि नेपाली श्रमिक लैजान रोक

काठमाडौं । केही दिनदेखि दक्षिण कोरियामा पुनः कोरोना भाइरसको संक्रमण दर तीव्र गतिमा फैलन थालेपछि कोरिया सरकारले नेपाल लगायत अन्य देशबाट श्रमिक लैजान रोक लगाएको छ । पुनः कोरोना भाइरसको संक्रमण दर तीव्र गतिमा फैलन थालेपछि नेपाल लगायत अन्य देशबाट समेत श्रमिक लैजान रोक लगाइएको हो ।

यस्तै फागुन २ गते अर्थात १४ फेब्रअरीमा तय भएको नियमित उडान तालिका पनि स्थगित गरिएको दक्षिण कोरियाको श्रम तथा रोजगार मन्त्रालयलाई उद्धृत गर्दै सउलस्थित नेपाली दूतावासले जानकारी गराएको छ । उडान तालिका स्थगित भएसँगै उडानको अन्तिम तयारीमा रहेका एक सय १२ जनाको दक्षिण कोरिया उडान अनिश्चित भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया जान ईपीएस पास गरी लामो पर्खाइपछि १४ फेब्रअरीमा उडान तय भइ रोकिएका श्रमिकको अर्को उडान तालिका छिट्टै सार्वजनिक गर्न पहल भइरहेकोले बताए । मन्त्री श्रेष्ठले संक्रमण दर कम हुनासाथ रोकिएका श्रमिकलाई तत्काल पठाउने व्यवस्था हुने विश्वास दिलाउँदै केही समय धैर्य गर्न आग्रह गरे ।

साथै श्रेष्ठले दक्षिण कोरियामा कोरोना भाइरसले पुनःमहामारीको रुप लिएकोले त्यहाँ रहेका नेपालीलाई पनि संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह पनि गरेका छन् । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरी दक्षिण कोरिया जाने पर्खाइमा रहेका नेपाली श्रमिक लामो समयदेखि रोकिएकोमा श्रेष्ठले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पुनः प्रकृया सुरु गरी नियमित रुपमा पठाउने व्यवस्था गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *