प्रचण्ड सचिवालयको आरोप- एमसीसीमा ओली गैरजिम्मेवार बने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी सचिवालयले एमसीसीमा एमाले अध्यक्ष केपी शर्मा ओली गैरजिम्मेवार बनेको आरोप लगाएको छ । एमसीसीबारे ओलीलाई प्रचण्डले गरेको टेलिफोनबारे प्रष्ट्याउँदै प्रचण्डको सचिवालयले यस्तो अरोप लगाएको हो ।

‘हिजो बेलुकी हाम्रो पार्टी अध्यक्ष कमरेड प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी ओलीका बीचमा फोन सम्वाद भएको हो,’ प्रचण्डको निजी सचिवालयले भनेको छ, ‘अध्यक्ष कमरेड प्रचण्डले एमसीसी अहिले सामान्य आर्थिक सहयोगको परियोजना मात्र रहेन, यो राष्ट्रिय राजनीतिको मुद्दा बनिसक्यो । यसमा सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गरौं । यसमा तपाईं र तपाईंको पार्टीको धारणा स्पष्ट गर्नुस् र यसमा राष्ट्रिय सहमति निर्माण गर्ने कोसिस गरौं । देश अहिले निर्वाचनमा होमिएको र एमसीसीमा दलहरूबीच र राष्ट्रिय रूपमा सहमति बन्ने स्थिति नभएको अवस्थामा सम्बन्धित पक्षसँग यसलाई निर्वाचन पछि लैजाने कुरा गरौं’ भन्नुभएको हो।’

ओलीले दिएको जवाफमा विज्ञप्तिमा भनिएको छ, ‘तर अध्यक्ष ओलीले त्यसलाई गम्भिरतापूर्वक लिनु भएन । उहाँले बरु तपाईंहरूसँग बहुमत छ, पास गर्नुस् । तर, गैरसांसद संसदमा रहँदासम्म संसद चल्न भने दिन्नौं भनेर पुरै गैरजिम्मेवार जवाफ फर्काउनुभएको हो । यसबारे अरु कुनै भ्रम रहन जरुरी छैन ।’

प्रचण्डले गरेको टेलिफोनबारे यसअघि एमालेका प्रचार विभाग उप्रमुख विष्णु रिजालले सार्वजनिक गरेका थिए । एमसीसीमा प्रचण्डले ओलीको सहयोग मागेको रिजालको भनाइ थियो ।

Comments

2 responses to “प्रचण्ड सचिवालयको आरोप- एमसीसीमा ओली गैरजिम्मेवार बने”

  1. ksp pyl Avatar
    ksp pyl

    पास गराउछु भनेर अमेरिकालाई चिठ्ठी लेख्ने अनि पार्टीमा चाहि संशाेधन नभई पास गर्दिन पनि भन्ने । यस्ता दहि चिउरे, पिपलपातेले अरूलाई गैरजिम्मेवार भन्ने ? ओलिलाई त भित्तामा पुर्याएर सरकार बनाएँ भनेकाे हाेईन ? गर्न पास हिम्मत भए । खानकाे लागि सरकारमा जाने अनि पास चाहिँ ओलिले गरिदिनुपर्ने ? दलाली गर्दा पनि पिपलपाते दलाली नगर न हाे ।

  2. Nagendra Avatar
    Nagendra

    जिम्मेवारी भनेको के ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *