एमसीसी स्वीकारिए समाजवादमा जान सकिँदैन : नेकपा एस उपमहासचिव

काठमाडौं। नेपकपा (एकीकृत समाजवादी)का उपमहासचिव विजय पौडेलले अमेरिकी सहायता परियोजना एमसीसी स्वीकार गरिए नेपालको संविधानले ग्यारेन्टी गरेको समाजवादमा समेत जान नसकिने बताएका छन् ।

नेकपा एसनिकट युवा संघले बिहीबार आयोजना गरेको कार्यक्रममा एमसीसी संशोधनबिना अनुमोदन गरिए नेपालको कानून भन्दामाथि अमेरिकी कानून माथि हुने दाबी पौडेलले गरे।

एमसीसीमा नेपालले उदारवादी खुला अर्थतन्त्र लागू गर्नुपर्ने शर्त राखिएकाले पनि नेपाललाई समाजवादमा जानबाट यसले रोक्ने उनको भनाइ छ। ‘एमसीसीमा नेपालले उदारवादी खुला अर्थतन्त्र लागू गर्ने छ भनेको छ, त्यो भनेको नेपाल समाजवादमा जान पाउने छैन भन्ने हो, जुन हामीले संविधानमै लेखेका छौं। वैदेशिक अनुदानसँग हामी समाजवाद साट्न सक्दैनौं,’ पौडेलले भने।

एमसीसी इन्डो प्यासेफिक रणनीतिअन्तर्गत रहेको बताउँदै पौडेलले यो ऋण हो कि अनुदान हो भन्ने कुरामा समेत दुविधा भएको उल्लेख गरे। ‘एमसीसीको पैसाले ब्याज उत्पादन भयो भने त्यसको ब्याज एमसीसीलाई दिनुपर्ने छ भनिएको छ,’ उनको प्रश्न छ, ‘यो ऋण हो कि अनुमोदन हो ?’

एमसीसी संसदबाट अनुमोदन गर्ने कुरा जालसाजीपूर्वक राखिएको टिप्पणी गर्दै पौडेलले यो संसोधनबिना स्वीकार गर्न नसकिने बताए।

‘एमसीसीको सम्झौतामा अत्यन्त हानिकारिक प्रावधान राखिएको छ,’ उनको भनाइ छ, ‘त्यसलाई संशोधन गरेर मात्रै हामी स्वीकार गर्न सक्छौं । नेपालको कानूनमाथि अमेरिकी कानून लागू हुने कुरा स्वीकार गर्न सकिन्न।’

Comments

2 responses to “एमसीसी स्वीकारिए समाजवादमा जान सकिँदैन : नेकपा एस उपमहासचिव”

  1. गोकुल लामिछाने Avatar
    गोकुल लामिछाने

    तिमी हरु को समाजवाद जनता ले देखि सके अझै ठूलो कुरा गर्छौ ठग हो ।

  2. Bimal Nepal Avatar
    Bimal Nepal

    तिम्रो समाजवाद पनि देखियो भोगियो। ३० वर्ष भन्दा बढी अवधिसम्म लगातार अस्थिरता गराएर देश लुट्नेमा तिम्रो नेता माकुने एक हो। जिवनभर अध्यक्ष हुन पर्ने माधवको पाखण्डी समाजवाद कस्तो हुने हो कमरेड दुर्योधन?

Leave a Reply

Your email address will not be published. Required fields are marked *