एमसीसीबारेका ‘हल्ला’प्रति अमेरिकी राजदूत बेरीको ‘असन्तुष्टि’

काठमाडौं । अमेरिकी अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई लिएर नेपालमा भैरहेको बहसलाई लिएर राजदूत र्‍यान्डी जे बेरीले घुमाउरो ढंगले असन्तुष्टि व्यक्त गरेका छन् ।

बिहीबार ट्वीटरमार्फत बेरीले भनेका छन् : म जान्न उत्सुक छु । तपाईंले अनलाइनमा अफवाहहरुको पहिचान कसरी गर्नुहुन्छ ? म जिज्ञासु छु, तपाईंले कसरी अनलाइनबाट जानकारी लिनुहुन्छ । चम्किला अक्षरबाट ? विश्वसनिय नभएका दावी गरिएका स्रोतबाट ? के तपाईंले सूचनाको तथ्यजाँच वा वैकल्पिक दृष्टिकोण एकीकृत गर्नुहुन्छ ?’

उनले उक्त ट्वीटर पोस्ट कुनै स्पष्ट कुराप्रति लक्षित नगरेपनि एमसीसीलाई लिएर नेपाली मिडिया र सामाजिक संजालमा आइरहेका सूचनाप्रति असन्तुष्टि रहेको कुरा बुझ्न कठिन छैन । ‘गलत सूचना’ले ब्यापकता पाइरहेको भन्ने अमेरिकी गुनासो पहिलोपटक भने चाहिँ होइन ।

यसअघि नेपाल भ्रमणमा आएको बेला एमसीसी उपाध्यक्ष फतिमा सुमार र अमेरिकी उपविदेशमन्त्री डोनाल्ड लूले पनि गलत सूचना (डिसइन्र्फेमसन) हावी भएको गुनासो गरेका थिए । राजदूत बेरीको यो ट्वीटलाई पनि लू र सुमारकै असन्तुष्टिको अर्को निरन्तरताको रुपमा हेरिएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *