स्थानीय निर्वाचनमा चुनाव चिह्न प्रयोगको असमान व्यवस्था खारेजीको माग गर्दै प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । स्थानीय निर्वाचनमा चुनाव चिह्नको असमान व्यवस्था खारेजीको माग गर्दै विभिन्न सात राजनीतिक दलहरुले विरोध प्रदर्शन गरेका छन् ।

निर्वाचन आयोगले दल दर्ता गर्दा दिएको चुनाव चिह्न सबै दलहरुलाई निर्वाचनमा प्रयोग गर्न दिन माग गर्दै प्रदर्शन गरेका हुन् ।

बुधबार माइतिघर मण्डलाबाट एभरेस्ट होटलसम्म निकालिएको र्यालीमा सहभागीहरुले ‘चुनाव चिह्न प्रयोगको असमान व्यवस्था खारेज गर’, ‘केहि दलहरुको स्वार्थले लगाएको गैर संवैधानिक सिन्डिकेट खारेज गर’, ‘निर्वाचन आयोगले दिएको चुनाव चिह्न निषेध गर्न पाइँदैन’, लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

तस्बिरहरु : गाैरव पाैडेल

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *