काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता खारेजीको माग गर्दै राजधानीमा विरोध प्रदर्शन भएको छ ।
एमसीसी खारेज गर्न माग गर्दै युवाहरुको समूहले राँके जुलुससहित राजधानीको बानेश्वर चोकमा प्रदर्शन गरेको हो ।
युवाहरुको समूहले लामो समय राँको बालेर एमसीसीविरुद्ध नाराबाजी गरेका थिए ।
प्रहरी नभएको मौका छोपेर उनीहरले करिब १० मिनेटसम्म नाराबाजी गरेका थिए । प्रहरीले केही प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको छ ।
प्रदर्शनमा हेमराज थापा , बब्लु गुप्ता , बिमल पन्त , जेरि ताम्राकार लगायत थिए ।







तस्बिरहरु : गाैरव पाैडेल

Leave a Reply