सातै प्रदेशमा एमालेको स्थानीय चुनाव केन्द्रित प्रशिक्षण, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने

काठमाडौं । नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहेर सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ।

महासचिव शंकर पोखरेलले मंगलबार प्रदेश कमिटीहरुका नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न निर्देशन दिएका हुन् ।

दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्ने तय भएको एमालेले जनाएको छ ।

उद्घाटन शत्रमा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी हुने बताइएको छ ।

यस्ताे छ कार्यतालिका 

प्रदेश नं १– फागुन १– २, विराटनगर

मधेस प्रदेश– फागुन ३–४, जनकपुर

वागमती प्रदेश– फागुन ६–७, काठमाडौं

गण्डकी प्रदेश– फागुन ८–९, पोखरा

लुम्बिनी प्रदेश– फागुन ११–१२, बुटवल/दाङ

कर्णाली प्रदेश– फागुन १४–१५, सुर्खेत

सुदूरपश्चिम प्रदेश– फागुन १६–१७, धनगढी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *