काठमाडौं । सरकारले चीनसँगको सीमा विवादलाई लिएर यथार्थ बाहिर ल्याउने जनाएको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त कुरा बताएका हुन् ।
चीनसँगको सीमा विवादबारे सोधिएको प्रश्नमा प्रवक्ता कार्कीले रिपोर्ट र वास्तविकताको आधारमा चाँडै सरकारले चीनसँगको सीमा विवादबारे यथार्थ बाहिर ल्याउने बताए ।
उनले भने, ‘चीनसँगको सीमा विवादको सन्दर्भमा हामीले रिपोर्ट र वास्तविकताको आधारमा उपयुक्त समयमा यसको वास्तविकतालाई राम्रोसँग अध्ययन गरेर सरकारले आधिकारिक धारणा सार्वजनिक गर्छ । चाहे भारतसँग होस् या चीनसँग होस्, कुनै सीमा समस्या छन् भने ती समस्यालाई हामी कूटनीतिक ढंगले समाधान गर्छौ र ती समस्या आउनु हुन्न र आउन नदिन सरकार सँधै प्रयत्नशिल रहन्छ ।’
साथै सरकारले भारत र चीनसँगको सीमा समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्ने समेत प्रवक्ता कार्कीले बताए ।

Leave a Reply