जगदम्बा स्टिलले थाल्यो तेस्रो देशमा उत्पादन निर्यात

काठमाडौं । जगदम्बा स्टिलले नेपालको औद्योगिक इतिहासमै पहिलोपटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालेको छ । नेपालमा राम्रो बजार जमाएको जगदम्बाले ‘कलर कोटेड कोइल्स तथा शिट’ निर्यात गर्न थालेको हो ।

कम्पनीका अनुसार जगदम्बा स्टिलका उत्पादन, जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा शिट’ दक्षिणपूर्वी, मध्यपूर्वी एशियाली देशसँग दक्षिण अफ्रिकामा अनुमोदित भएको छ ।

‘गुणस्तरको सुनिश्चितसँगै अत्याधुनिक प्लान्टमार्फत निर्मित हाम्रा उत्पादनका गुणस्तरको लागि नेपाली उपाभोक्ताको साथ सहयोग र मायाका लागि हामी सदैव कृतज्ञ छौँ, यो मायाँले अझ विस्तारित रुप लिएको छ’, तेस्रो देश निर्यात थालनीको अवसरमा बोल्दै शंकर ग्रपका अध्यक्ष शंकरलाल अग्रवालले भने, ‘तेस्रो मुलुकमा आफ्नो उत्पादन निर्यात गर्न पाउँदा खुसी छौं र हाम्रो आत्मबल बढेको छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *