एमसीसी र मूल्यवृद्धि खारेजीको माग गर्दै अनेरास्ववियूको प्रर्दशन (तस्बिर/भिडिओ)

काठमाडौं । अमेरिकी सहायता परियोजना (एमसीसी) र पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको माग गर्दै एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शन गरेको छ ।

राजधानीको शंकरदेव क्याम्पसअघि मसाल जुलुसहित प्रदर्शनमा उत्रिएका उनीहरुमाथि प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रदर्शनका क्रममा उनीहरुले एमसीसी खारेज गर, पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर लगायतका नारा लगाएका थिए ।

अनेरास्ववियूको मातृ पार्टी नेकपा (एकीकृत समाजवादी) सरकारमा समेत सामेल छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा तत्कालै एमसीसी पास गर्नुपर्ने पक्षमा रहे पनि एकीकृत समाजवादी संशोधनबिना पारित गर्न नहुने पक्षमा छ ।

तस्बिर : उमेश कार्की

Comments

2 responses to “एमसीसी र मूल्यवृद्धि खारेजीको माग गर्दै अनेरास्ववियूको प्रर्दशन (तस्बिर/भिडिओ)”

  1. Sk Shrestha Avatar
    Sk Shrestha

    Naitikta navayekaharu. Afnai government chha aafaIi birodh garchan. Timi roye jasto gar ma kutejasto garchu vane jastai ho. Birodh nai garne vaye paila timra mantri lai rajinama garna lagau ani birodh garna shuhaucha. Natak matra nagarahai

  2. ksp pyl Avatar
    ksp pyl

    तिम्राे मालिकलाई सरकारबाट बाहिर आउ भनन । मालिक सरकारमा बसेर हसुर्ने कारिन्दा आन्दाेलन ? नाटक पनि अलि मिल्ने देखाउनु नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *