कर्णालीमा देवी ओलीलाई मन्त्री बनाउन नेकपा एसका नेताको लबिङ, मन्त्रीमण्डल विस्तार प्रभावित हुनसक्ने

सुर्खेत । नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला र कर्णाली प्रदेश कमिटीका अध्यक्ष अम्मर थापाले आफ्नो पार्टीकी सांसद एवम् सामाजिक विकास समितिकी अध्यक्ष देवी ओलीलाई कर्णालीको मन्त्री बनाउन लबिङ थालेका छन् । उनीहरु शीर्ष नेतालाई दबाब दिन आज काठमाडौं जाँदैछन् ।

कर्णाली सरकार विस्तारबारे प्रचण्ड, देउवा र नेपालबीच भएको भनिएको सहमतिविपरीत दुवै नेताहरु समाजवादीले कर्णालीमा तीन मनत्रालय पाउनुपर्ने र देवी ओलीलाई मन्त्री बनाउनुपर्ने माग लिएर काठमाडौं जान लागेका हुन् । यससँगै यहाँ भोलि हुने भनिएको मन्त्रीमण्डल विस्ता प्रभावित हुनसक्ने देखिएको छ ।

रुकुम पश्चिमबाट प्रतिनिधित्व गर्ने सांसद ओली, दलका नेता एवम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाही, प्रदेश सांसद पदम रोकाया, उपमहासचिव ज्वाला र अध्यक्ष थापाबीच शुक्रबार बसेको बैठकले तीन मन्त्रालयको दाबी नछाड्ने निष्कर्ष निकालेको थियो ।

‘केन्द्रबाट कांग्रेसले तीन, माओवादीले तीन र समाजवादीले दुई मन्त्रालय पाउने पत्र आइसकेको छ ।

Comments

One response to “कर्णालीमा देवी ओलीलाई मन्त्री बनाउन नेकपा एसका नेताको लबिङ, मन्त्रीमण्डल विस्तार प्रभावित हुनसक्ने”

  1. ksp pyl Avatar
    ksp pyl

    मन्त्री नपाए पार्टी छाेडने धम्की दिनुभयाे रे म्यामले । प्रकाशलाई बनी आपत।

Leave a Reply

Your email address will not be published. Required fields are marked *