झरीसँगै सिरेटोले जनजीवन प्रभावित (काठमाडौंका केही तस्बिरहरू)

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशभर सामान्य देखि पूर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।  उच्च हिमाली भूभागमा हिजोदेखि नै हिमपात सुरू भएको छ । जसका कारण हिमाली भेगको जनजीवन प्रभावित बनेको छ ।

काठमाडौं उपत्यकालगायत विभिन्न ठाउँमा हिजोदेखि नै मेघगर्जनसहित झरी परेको छ ।  उपत्यकावरपरका शिवपुरी राष्ट्रिय निकुञ्ज, तारेभीर फुलचोकी,चन्द्रागिरी, नगरकोटलगायतका डाँडा सेताम्मे भएका छन् । अहिले काठमाडौंको तापक्रम ६ डिग्री सेल्सियस छ ।

झरीसँगैको सिरेटोका कारण चिसो बढ्दा उपत्यकाको जनजीवन प्रभावित बनेको छ । काममा हिँडेका झरीका कारण ओत लागेका देखिन्छन् । सानातिना बन्दव्यापार गरेर बसेकालाई पनि झन् सास्ती भएको छ । आइतबारदेखि भने क्रमश: मौसममा सुधार आउँने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *