राखेप सदस्यसचिव नहुँदा अनाथजस्तै भयौँ: आयशा शाक्य

काठमाडौं । लामो समयसम्म राष्ट्रिय खेलकुद परिषद-राखेप नेतृत्वविहिन बनेपछि खेलाडीहरुले ध्यानाकर्षण गराउन थालेका छन्।
बिहीबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, ओलम्पियन संघ र कर्मचारी संघले बिहीबार बिहान ब्यानरसहित दशरथ रंगशालामा पुगेर कार्यक्रम गरेका हुन्।

कार्यक्रममा बोल्दै एसियाली खेलकुदकी पदक विजेता तथा प्रशिक्षक आयशा शाक्यले राखेपमा सदस्यसचिव नहुँदा आफुहरु अनाथजस्तै भएको बताइन्।

‘सदस्य सचिव भनेको खेलाडीका लागि अविभावक जस्तै हो। कुनै बच्चालाई आमा बुवा नहुँदा जस्तो अनुभव हुन्छ, त्यस्तै हामीलाई पनि अनाथ जस्तै महसुस भएको छ’, उनले भनिन्।

उनले अगाडि थपिन्, ‘केहीपनि खेलकुद गतिविधिहरु भएको छैन । खेलाडीले ठूलो उद्देश्य लिएर मिहिनेत गरेको हुन्छ । नयाँ खेलाडी आइरहेका छन् । यो सबै भइरहँदा खेलाडीलाई अव के तरु कित अलग्गै बाटो रोज्नु पर्‍यो कि त हामीले यसैमा बसेर चित्त बुझाउनु पर्ने भयो।’

राष्ट्रिय टोलीको प्रशिक्षण नहुँदा खेलाडीहरु पाखा लाग्ने अवस्था निम्तन सक्ने भन्दै चिन्ता आयशाको थियो। ‘१३ औँ दक्षिण एसियाली खेलकुदका लागि जुन तयारि भएको थियोे, त्यसैलाई राम्रो बनाउदै लगिन्छ होला भन्ने अपेक्षा हाम्रो थियो। तर त्यो चाहिँ भताभुङ्ग भएको छ’,उनले गुनासो गरिन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *