नेविसंघको महाधिवेशनबारे के भन्छन् गगन ?

काठमाडौं । नेपाली कांग्रेसले म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको महाधिवेशनबारे कार्यसम्पादन समितिमा छलफल गर्ने भएको छ ।

नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल लगायतका भ्रातृ संस्थाहरुको पटक–पटक थप गरिएको म्याद यही माघ १६ गते सकिएको छ । कांग्रेस महामन्त्री गगन थापाले कार्यसम्पादन समितिको बैठकमा भ्रातृ एवं शुभेच्छुक संस्थाबारे आवश्यक छलफल र निर्णय हुने बताए ।

पार्टी कार्यालयमा भ्रातृ संस्थाका नेताहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले आगामि शुक्रबार कार्यसम्पादन समितिको बैठक बसेर आवश्यक निर्णय लिइने जनाएका हुन् ।

‘यो शुक्रबार कार्यसम्पादन समितिको बैठक बस्नसक्छ । त्यो बैठकमा भ्रातृ एवं शुभेच्छुक संस्थाबारे पनि एजेण्डा हुन्छ । सबै संस्थालाई महाधिवेशनमार्फत सक्रिय गराउनसक्ने निर्णय पार्टीले लिनेछ’, थापाको भनाई छ ।

कांग्रेसले म्याद सकिएका भ्रातृ संस्थाहरुको कार्यकाल हरेक ६–६ महिनामा थप्दै आएको छ ।

नेविसंघ, तरुण दल, महिला संघ, दलित संघ, मुस्लिम संघ, किसान संघ, आदिवासी जनजाति संघ, नेपाल प्रेस युनियन, नेपाल सांस्कृतिक संघ, नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघ लगायतका भ्रातृ एवं शुभेच्छुक संस्थाहरुले विधान अनुसार वर्षौदेखि महाधिवेशन गर्न सकेका छैनन् ।

Comments

One response to “नेविसंघको महाधिवेशनबारे के भन्छन् गगन ?”

  1. ksp pyl Avatar
    ksp pyl

    के भन्नु गनगनेले ? हैसियत केही छैन पार्टीमा । जति भाेट ल्याए पनि केही अर्थ छैन । मुखबाट फिंज निकालेर ओलिकाे विराेध गर्ने मात्र हाे, त्याे पनि सबै हावा कुरा गरेर । देउवाकाे पुच्छर मात्रै हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *