सभामुख सापकोटालाई अनेरास्ववियुले बनेपामा देखायो कालोझण्डा

काभ्रे । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाएको छ । सिन्धुपाल्चोक जाने क्रममा बनेपामा उनलाई कालोझण्डा देखाइएको हो ।

विद्यार्थी नेता-कार्यकर्ताले सभामुख सापकोटाको गाडीमा समेत अवरोध गरेका थिए । सोक्रममा प्रहरीले विद्यार्थीहरूमाथि बल प्रयोग गरेको छ ।

एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले सभामुखको राजीनामा माग्दै आएको छ ।

यसअघि आज बिहान पुल्चोकमा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पनि अनेरास्ववियुले कालोझण्डा देखाएको थियो ।

स्थानीय तहको निर्वाचन समयमै गर्ने गरी तत्काल मिति घोषणा गर्न सरकारलाई दबाब दिँदै अनेरास्ववियुले देशभर आन्दोलनको कार्यक्रमसमेत घोषणा गरेको छ ।

Comments

2 responses to “सभामुख सापकोटालाई अनेरास्ववियुले बनेपामा देखायो कालोझण्डा”

  1. Rabindra satyal Avatar
    Rabindra satyal

    प्रहरीको फरार सुचिमा रहेको हत्यारा सभामुख अग्नि सापकोटा लाई कालो झन्डा देखाउदै अनेरास्ववियु काभ्रे ले नारावाजी गरेको छ!!
    स्थानीय तहको निर्वाचन समयमै गर्न माग गर्दै अनेरास्ववियुले चरणबद्ध रूपमा आन्दोलन गरिरहेको छ!!

  2. RaMu Avatar
    RaMu

    Diesel petrol ko rate increase huda halla nagarney ani vote ko problem, ki party Matra thulo hola ra .

Leave a Reply

Your email address will not be published. Required fields are marked *