वीरमा फेरि अर्को विवाद, नर्सिङ प्रशासकविरुद्ध कर्मचारीका १९ बुँदे आरोप

काठमाडौं । कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत सरुवा विवाद प्रधानमन्त्रीको हस्तक्षेपबाट टुंगिएलगत्तै वरिष्ठ अस्पताल नर्सिङ प्रशासक डा. रिना श्रेष्ठमाथि अनियमितताको आरोप लागेको छ ।

श्रेष्ठले अस्पताल नर्सिङ प्रशासनमा अनियमितता गरेको, सरकारी बिदा स्वीकृत नगरी विभिन्न प्राइभेट नर्सिङ क्याम्पसको अध्यापनमा संलग्न रहेको तथा बिदा नै नलिइ भारतको एक विश्वविद्यालयबाट लिएको पीएचडीको उपाधिमाथि समेत छानबिन गर्न माग गर्दै उजुरी परेपछि उनी विवादमा तानिएकी हुन् ।

श्रेष्ठले डाक्टर उपाधि भारतको मेवार विश्वविद्यालयबाट सन् २०२१ मा प्राप्त गरेकी हुन् । तर, त्यस अवधिमा उनले बिदा स्वीकृत नगरेको र नेपालमै रहेको भन्दै अख्तियारमा उजुरी परेको हो ।

कार्यालय समयमै एभरेष्ट नर्सिङ, एसियनलगायतका कलेजमा श्रेष्ठले अध्यापन गर्छिन् । अहिले भने अस्पतालबाटै प्राइभेट नर्सिङ कलेजका अनलाइन कक्षमा सहभागी हुने गरेको भन्दै विरोध भएको छ ।

श्रेष्ठमाथि अस्पतालका नर्सिङ जिम्मवारीमा अपारदर्शी ढंगले बोलकबोल गरेको, करार नर्सको म्याद थप सिफारिस गर्दा आर्थिक चलखेल गरेको तथा नर्सिङ कलेजको प्रयोगात्मक अभ्यास गर्न अस्पतालमा आउनेसँग टीका पनेरुसँग मिलेर आर्थिक कारोबार गरेकोजस्ता आरोप कर्मचारीले लगाएका छन् ।

श्रेष्ठविरुद्ध अख्तियार, सतर्कता केन्द्र र मन्त्रालयमा समेत १९ बुँदे लिखित उजुरी दर्ता भएको छ । उजुरी आए पनि त्यसको बारेमा छानबिन प्रक्रिया भने अघि बढिनसकेको सतर्कता केन्द्रले जनाएको छ । श्रेष्ठले भने आफूमाथिका आरोप पूर्वाग्रही र आधारहीन भनेकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *