पर्यटन बोर्डको छानबिन समितिले प्रतिवेदन बुझायो, सीईओ रेग्मीबाट अनियमितता भएको ठहर

काठमाडौं । नेपाल पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेसमक्ष बुझाएको छ ।

बोर्डका उपाध्यक्ष चन्द्र रिजाल संयोजकत्वमा गठित समितिले बोर्डका सीईओ रेग्मीले बोर्ड बैठक बोलाउन नमानेपछि सचिव न्यौपानेलाई प्रतिवेदन बुझाएको हो ।

सीईओ रेग्मीमाथि भन्सार ऐनविपरीत अवैध सामान ल्याएर भन्सार कर्मचारीमाथि दुर्व्यवहार गरेको तथा अन्य आर्थिक अनियमितताको आरोप लागेपछि बोर्डले छानबिन समिति गठन गरेको थियो । समितिमा मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेल र बोर्डका सदस्य ङावा ङिमा शेर्पा सदस्य थिए ।

यो पनि पढ्नुहोस्ः के गर्दैछ पर्यटन बोर्डको छानविन समिति रु कस्ता छन् रेग्मीमाथिका आरोप ?

समितिको प्रतिवेदन सार्वजनिक गरिएको छैन ।

यो पनि पढ्नुहोस्ः पर्यटन बोर्डका सीईओ रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

स्रोतका अनुसार छानबिनका क्रममा पर्यटन बोर्डका धेरै योजना र कार्यक्रममा सीइओ रेग्मीबाट बोर्डको प्रचलित ऐनविपरीत आर्थिक अनियमितता भएको देखिएको छ ।

यो पनि पढ्नुहोस्ः पर्यटन बोर्डका सिइओले अवैध रुपमा सुन ल्याउँदा जफत भई जरिवाना तिरेको रेकर्ड भन्सारले पठायो

समितिले सीईओ रेग्मीले त्रिभुवन विमानस्थलबाट अवैधरूपमा सुन चोरी पैठारी गरेको तथा भन्सार कर्मचारीमाथि दुर्व्यवहार गरेको प्रमाणहरु समेत प्रतिवेदनमा संलग्न गरेको छ ।

यो पनि पढ्नुहोस्ः सीईओ रेग्मीलाई मन्त्रीको चेतावनी- चारवटा गाडी बेचेर प्रेम आलेको इमान खरिद गर्ने नसोचे हुन्छ (भिडिओ)

समितिले सीईओ रेग्मीमाथि कानूनबमोजिम कारबाही हुनुपर्ने सुझाव दिएको छ ।

Comments

One response to “पर्यटन बोर्डको छानबिन समितिले प्रतिवेदन बुझायो, सीईओ रेग्मीबाट अनियमितता भएको ठहर”

  1. ksp pyl Avatar
    ksp pyl

    नियाेजित समितिकाे प्रतिवेदनकाे के अर्थ ? अहिले समिति बनाएर लुम्बिनीमा आलेले दिनलागेकाे ठेक्काकाे केशमा छानबिन गर्नु आले सिधै दाेषी देखिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *