समयमै स्थानीय तहको निर्वाचन गराउन एमाले उपत्यकाका तीन जिल्ला कमिटीले खबरदारी गर्ने

काठमाडौं । समयमै स्थानीय तहको निर्वाचन गराउन नेकपा (एमाले) का तीन जिल्ला कमिटीले खबरदारी गर्ने भएका छन् ।

सोमबार काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) का जिल्ला किमिटी अध्यक्षहरुको संयुक्त बैठकले कार्यकाल सकिनु अगाडि नै चुनाव गराउन माग गरेको हो ।

‘नेपालको संविधानले व्यवस्था गरको तीन तहको सरकारको आवधिक निर्वाचनको व्यवस्था र स्थानीय तह निर्वाचन ऐन २०७३ मुताविक वि.सं.२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल सकिनु अगाबै अर्थात् आउँदो वि.सं. २०७२ साल बैशाखभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने कुरालाई आत्मसात गर्दै यथाशाक्य छिटो स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न वर्तमान सरकारसँग जोडदार माग गर्दछौं,’ बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ।

आवधिक निर्वाचन कुनैपनि व्यक्ति, पार्टी वा समूहको अनुकूलता वा प्रतिकुलता वा बहानाबाजीलाई आधार बनाएर सार्ने कार्य नहोस् भन्दै खबरदारी गर्ने निर्णयमा पुगिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौला, ललितपुर जिल्ला अध्यक्ष पुरुषोतम आचार्य र भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले संयुक्त हस्ताक्षर गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *