आयल निगम हाँक्ने दौडमा १७ जना, कसले मार्ला बाजी ?

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी प्रमुखको दौडमा १७ जना देखिएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुस २५ गते विज्ञापन गरेकामा १७ जनाले आवेदन दिएका हुन् । आवेदकहरू क्षेत्रमा काम गरिसकेका व्यक्तिहरू छन् ।

निगमको कार्यकारी निर्देशक बन्नको लागि हिजोसम्म आवेदन दिने समय रहेको थियो । अन्तिम दिनसम्म १७ जनाले आवेदन दिएका हुन् ।

आवेदन दिनेमा जीवनप्रकाश सिटौला, हरिभक्त शाही, प्रा.डा. लक्ष्मण पौडेल, लोकबहादुर खड्का,चण्डीकाप्रसाद भट्ट, हरिवंश आचार्य, विष्णुबाबु मिश्र, लोकराज पाठक, कृष्णप्रसाद यादव, तारानाथ पौडेल, चित्तरञ्जन दास, रामदेव याद, उमेशप्रसाद थानी, पंकजकुमार दास, आनन्दप्रसाद चन्द, भुपेन्द्र प्रसाद अर्याल र सञ्जय कुमार छन् ।

सुरेन्द्र पौडेलको कार्यकाल सकिएसँगै पुस २३ गतेपछि कार्यकारी निर्देशक खाली छ । हाल निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराई निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ ।

 

Comments

One response to “आयल निगम हाँक्ने दौडमा १७ जना, कसले मार्ला बाजी ?”

  1. Madhav Poudel Avatar
    Madhav Poudel

    शिर्षक नै अचममको लाग्यो मलाई त, नेपाल आयल निगम हाँक्न जाने हो र लुट्न पो जाने हो त कृपया शिर्षक सच्याउनुहोला । नत्र तपाईलाई ति १७ जना, तपाई १ जना र १० र २, ४ जना बाहेक सबै नेपालीको सराप लाग्नेछ । श्री पशुपतिनाथले तपाईको कल्याण गरुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *