रुपन्देही । नेकपा एसका नेता संविधानसभा सदस्य डा. दुमनसिंह थापाको निधन भएको छ । अर्घाखाँचीमा नेकपा एमालेबाट संविधानसभा सदस्य बनेका थापाको गएराति काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएको हो ।
दुई वर्षअगाडि मृगौला प्रत्यारोपण गरेका थापा केही दिनयता थप बिरामी परेका थिए । ह्याम्स अस्पतालमा उपचारका क्रममा आइतबार साँझ निधन भएको उनको सचिवालयले जनाएको छ ।
नरपानी अर्घाखाँची स्थायी घर भएका ६२ वर्षीय थापा हाल नेकपा एसको केन्द्रीय निर्वाचन कमिटी सदस्य थिए ।

Leave a Reply