आर्थिक संकट आउँदैन : लेखा समिति सभापति शाह

रुपन्देही । सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले श्रीलंकामा जस्तो आर्थिक संकट नेपालमा नआउने दावी गरेका छन् ।

बाहिर प्रचारमा आएजस्तो समस्या अहिले नरहेको उनले बताए ।

आर्थिक क्षेत्रमा आएको मन्दी र तरलता अभावका विषयमा नेपाल राष्ट्र बैंकका अधिकारीलाई लेखा समितिमा बोलाएर छलफल गरिएको उल्लेख गर्दै उनले अहिलेको आर्थिक मन्दी त्यो फागुनभित्रै हल हुने संभावना रहेको शाहकाे भनाई छ ।

रुपन्देहीमा आयोजित एक कार्यक्रममा उनले नेपालमा राजश्व संकलनको दर राम्रो रहेको र लक्ष्य अनुसार नै उठेकाले पनि श्रीलंकामाजस्तो अवस्था नआउने तर्क गर ।

‘श्रीलंकाको जस्तो विदेशी मुद्रा संचय हाम्रो समस्या होइन, यहाँ खाली बैंकहरुको लगानी र नियामक निकायले गरेको कडाई पछि तरलता अभाव देखिएको र अहिले विकास निर्माणका काम पनि कम भएकाले तरलता अभाव देखिएको हो, चैतसम्म विकास खर्च बढ्ने र आर्थिक मन्ीद कम हुनेछ’, उनले भने ।

सभापति शाहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय चुनढुंगा उत्खनन्का विषयमा अनुसन्धान गरी दायर गरेको भ्रष्टाचार मुद्दामा कानुन अनुसार दोषी भए जो कोही कारबाहीको भागेदारी बन्नुपर्ने बताउँदै विगतमा जस्तो सामान्य जरिवानाबाट उम्किन नसक्ने बताए ।

लुम्बिनी विकास कोषमा गुरुयोजना विपरीत जग्गा दिन लागिएको विषयमा उनले गुरुयोजनामा जे उल्लेख छ त्यहि अनुसार हुने बताए ।

सभापति शाहले उद्योगहरुको विद्युत महशुल भुक्तानी बक्यौता मिनाहा हुन नसक्ने बताए । उनले लोडसेडिङको बेलामा १७, १८ घन्टा विद्युत् उपभोग गर्ने उद्योगहरुले ट्रंकलाइन विद्युत् प्रयोग गरेनन् भन्नै मिल्दैन भन्दै त्यस्ता उद्योगहरुले विद्युत् महशुल बुझाउनैपर्ने बताए ।

बेलहिया भैरहवा बुटवल मार्ग निर्माण अहिलेसम्म सम्पन्न नभएको र भैरहवा तौलिहवा सडक गुणस्तरहीनका बिषयमा लेखा समितिको ध्यानआकृष्ट भएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *