चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष चढेको गाडीमा आक्रमण गर्नेलाई कारबाही गर्न माग

काठमाडौं । नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरी चढेको गाडीमा आक्रमणमा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।

संघले शनिबार विज्ञप्ती जारी गर्दै बिहीबार चिकित्सकलाई लक्षित गरी सांघातिक हमला गर्ने समुहको पहिचान गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको हो ।

जारी विज्ञप्तीमा भनिएको छ,‘चिकित्सकलाई नै लक्षित गरी सांघातिक हमला गर्ने र यस्ता अमानवीय गतिविधिमा संलग्न जो कोही व्यक्ति वा समूहको अबिलम्ब पहिचान गरी दोषीलाई प्रचलित कानून बमोजिम कारबाही गर्न नेपाल चिकित्सक संघ नेपाल सरकार तथा स्थानीय सुरक्षा निकायसमक्ष जोडदार माग गर्दछ।’

बिहीबार बिहान ११ बजे गिरी निवासबाट कार्यालय जाने क्रममा काडाँघारी उकालोमा अज्ञात समुहले उनी चढेको गाडीमा ढुंगा प्रहार गरेको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *