गोर्खा सैनिकका माग सम्बोधन गर्न बेलायती राजदूतलाई गृहमन्त्रीको आग्रह

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले गोर्खा सैनिकले उठाइरहेका माग सम्बोधन गरिदिन नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिटसँग आग्रह गरेका छन् ।

शुक्रबार गृहमन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री खाणले नेपालीहरूले गोर्खा सैनिकको रूपमा बेलायती सेनामा लामो सहकार्य गरेको इतिहास स्मरण गराउँदै राजदूत पोलिटलाई उनीहरूको सेवा सुविधाको सवालमा उठेका मागहरूको सम्बोधनका लागि पहल गर्न आग्रह गरेका हुन् ।

भेटमा नेपाल र बेलायतबीचको दुई सय वर्ष पुरानो सम्बन्ध, सहकार्य र सहयोगका विषयमा छलफल भएको थियो । गृहमन्त्री खाणले कोभिड-१९ महामारीबाट बच्न खोप वितरणमा बेलायतको सहयोगप्रति धन्यवाद दिएका छन् ।

भेटमा राजदूत पोलिटले बेलायतमा गोर्खा सेनाको अभूतपूर्व योगदान रहेको र गोर्खा सैनिकको न्यायोचित मागको सम्वोधन गर्न आफूले पहल गर्ने बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *