समसामयिक विषयमा युवा संघ कैलालीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

कैलाली । युवा संघ कैलालीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्याकषर्ण पत्र बुझाइएको छ ।

शुक्रबार युवा संघ कैलालीको टोलीले प्रमुख जिल्ला अधिकारी किरण थापा मार्फत समसामयिक विषयमा प्रधानमन्त्री देउवालाई ध्याकषर्ण पत्र बुझाइएको हो ।

वर्तमान सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको, स्थानीय तहको निर्वाचन घोषणा गर्न आनाकानी गरेको, भारतले महाकालीको धार परिवर्तन हुने गरी तटबन्ध गर्दा पनि मौन रहेको भन्दै युवा संघले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

यस्तै लिम्पियाधुरा–कालापानी क्षेत्रमा भारतले निर्माण गरिरहेको सडकको विरुद्धमा आवाज नउठाएको, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई कारबाही नगरेको, सिटामोलको कृत्रिम अभाव सृजना गरेको, पेट्रोलियम पदार्थ लगायत खाद्यान्न भएको मूल्यवृद्धि फिर्ता गर्नु पर्ने, २४ लाख कोभिड भ्याक्सिन बेपत्ता पारेको विषयमा चासो नदिएको युवा संघको आरोप छ ।

ज्ञापन पत्र बुझाउँदै युवा संघ कैलालीले आफूहरूले उठाएका विषयमा सरकारले चासो नदिए कडा आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।

युवा संघ कैलालीका अध्यक्ष महरा सहित, कैलाली इन्चार्ज अरुण कुवर, महाधिवेशन आयोजक कमिटी सदस्यहरू रवीन्द्र रोका मगर एसबी महरा सहित पालिकाका इन्चार्ज तथा सह इन्चार्जहरूको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *