भोजपुरमा ब्राउन सुगरसहित दुई ट्रकचालक पक्राउ

भोजपुर । भोजपुरबाट धरान जाँदै गरेको दुईवटा ट्रकमा खैरो हेरोइन (ब्राउन सुगर) भेटिएपछि प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

सदरमुकाम नजिकैको दुम्सिकामा को. १ ख ६२३२ र ना. ६ ख ७४७८ नम्बरको ट्रकमा ब्राउन सुगर लुकाएर लाँदै गरेको पाइएको जिल्ला प्रहरी कार्यालय, भोजपुरका सूचना अधिकारी इन्सपेक्टर अर्जुनकुमार अधिकारीले जानकारी दिए ।

ट्रक चालकहरू धनकुटा नगरपालिका घर भइ मोरङ केराबारी बस्दै आएका २९ वर्षीय सुमन तामाङ र संखुवासभा धर्मदेवी नगरपालिका- ५ बस्ने ३७ वर्षीय दलबहादुर मगरलाई पक्राउ गरिएको छ ।

उनीहरूको साथबाट करिब २ ग्राम १ मिलिग्राम ब्राउन सुगर र ८३ हजार ६ सय नगद बरामद गरिनुका साथै दुईवटै ट्रक नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *