काठमाडौं । बैंकिङ कसुरमा दोषी ठहरिएका एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ ।
नुवाकोटको शिवपुरी गाउँपालिका-८ स्थायी घर भएका ४० वर्षीय लबराज ओली पक्राउ परेका हुन् । उच्च अदालत पाटनले २०७७ फागुन २३ गते ओलीलाई चार दिन कैद र ९ लाख ६३ हजार जरिवाना गर्ने फैसला गरेको थियो ।
ओलीले २०७६ वैशाख ४ गते आफ्नो नाममा रहेको ज्योती विकास बैंकको खाताको चेक दिए पनि पर्याप्त रकम नभएको भन्दै भुक्तान नभएपछि पीडितले कानुनी उपचार खोजेका थिए ।

Leave a Reply