मोरङ । आफ्नै बुबाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
बेलबारी नगरपालिका–९ डाँगाबजार बस्ने ३५ वर्षीय जयबहादुर खत्री आफ्नै बुबा ८० वर्षीय दलबहादुर खत्रीलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका हुन् ।
जयबहादुरले मादक पदार्थ सेवन गरी घरायसी विषयमा बुबालाई कुटपिट गरेका थिए । कुटपिटबाट नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु भएको खबर सुन्नासाथ अस्थायी प्रहरी चौकी डाँगाबजार र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply