काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुलाई कोभिड–१९को संक्रमण पुष्टि भएको छ ।
पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्री बडुको सचिवालयले जानकारी दिएको छ । उनले बुधबार पीसीआर परीक्षण गरेका थिए । संक्रमण पुष्टि भएपछि मन्त्री बडु आइसोलेसनमा छन् ।
यसअघि पर्यटनमन्त्री प्रेम आलेलाई पनि कोभिड१९ संक्रमण भएको थियो । उनी संक्रमणमुक्त भइसकेका छन् ।

Leave a Reply