सुदुरपश्चिम: एमालेमा गएको एक भोटले गठबन्धनमा खैलाबैला !

कैलाली । सुदूरपश्चिम प्रदेशमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । महिलातर्फ एमालेकी सन्तोष कुमारी थापालाई हराउँदै एकीकृत समाजवादीकी उम्मेदवार मदनकुमारी शाह विजयी भइन् । दलिततर्फ एमालेका नरेन्द्र विकलाई हराउँदै माओवादीका जगत पार्की र ‘अन्य’ तर्फ एमालेका डिल्लीराज भट्टलाई हराउँदै काँग्रेसमा नारायणदत्त मिश्र विजयी भए ।

स्थानीय तहमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी गरिमा शाहले सबैभन्दा धेरै मत भार पाइन् । स्थानीय तहका १७५ प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षमध्ये शाहले १०९ जनाको मत पाइन् । जसअनुसार उनको मतभार सबैभन्दा धेरै १९६२ पुग्यो । त्यस्तै ५२ जनाले मतदान गरेको प्रदेश सभामा गठबन्धनमा सबै उम्मेदवारले समान ३९/३९ मत पाए ।

बुधबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा खसेको एक मतले भने सबैको ध्यान तालेको छ । ५२ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी पार्टीका १४ जना, माओवादी केन्द्रका १३ जना, नेपाली काँग्रेसका १२ जना, एमालेका सभामुखसहित ११ जना, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एक-एक जना सांसद छन् ।

गठबन्धनमा नेकपा एस, माओवादी, कांग्रेस र जसपा मिल्दा ४० जना हुन आउँछ । तर गठवन्धनका कुनै पनि उम्मेदवारलाई ४० जनाले मत दिएको देखिएन । यता एमालेतर्फ दुई जनालाई १२ जना र एक जनालाई १३ जनाले मतदान गरेका छन् ।
११ जना आफ्नै एमालेका सांसद र अर्कोरमत मधेस प्रदेशमा भएको गठबन्धनका आधारमा लोसपाले दिएको अनुमान गरिएको छ । लोसपाका सांसद कृष्ण चौधरीले यसअघि उम्मेदवार हेरेर मत दिने बताएका थिए । तर, ‘अन्य’ तर्फ डिल्लिराज भट्टले पाएको अर्काे मत कसको हो भन्नेबारे गठबन्धनमा कौतुहल सृजना भएको छ । उक्त मत गठबन्धनका दलमा रहेकाबाट एमालेमा गएको आशंका गरिएको छ ।

महिलातर्फ र दलिततर्फ एक-एक मत खाली छन् । उक्त सांसदले महिला र दलिततर्फ कसैलाई पनि मत दिएको देखिँदैन । तर, अन्य तर्फ भने सोही मत एमालेका उम्मेदवारलाई गएको गठबन्धनका एक नेताले बताए ।

गठवन्धनमा रहेका दलहरूबाट एमालेमा मत गएपछि अहिले गठनवन्धनभित्र यस विषयमा छानबिन हुनु पर्ने आवाज उठिरहेको छ । नेपाली कांग्रेसले यस विषयमा छानविन हुने समेत जनाएको छ ।
‘यो गम्भीर विषय हो,’ काँग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीर बहादुर बलायरले भने, ‘हामीले आन्तरिक रूपमा यो विषयमा छानबिन गछौं ।’

उनले गठबन्धनका दलहरू भित्र धोका भएकोसमेत बताए । यता एकीकृत समाजवादी पार्टीले पनि एक मतबारे छानबिन हुनुपर्ने बताएको छ ।

‘हामीले यस विषयमा छानबिन गर्छौं,’ एकीकृत समाजवादीका प्रमुख सचेतक दुर्गा विकले बताइन् । यस्तै एमाले सुदूर पश्चिम प्रदेश सचीव धर्म पाठकले गठबन्धन गलत रहेको पुष्टि हुने गरि १ मत आएको बताए । यो अपबित्र गठबन्धन हो भन्ने पुष्टि भएको छ उनले भने- अब गठबन्धन रहँदैन भन्ने संकेत देखिएको छ ।

गठबन्धनमा रहेका अर्को दल माओवादीले पनि एक मतबारे आवश्यक छानबिन हुने जनाएको छ । माओवादीका प्रमुख सचेतक अक्कल रावलले एक मत कताबाट एमालेमा गयो र त्यो कसको हो भन्ने बारे आन्तरिक छानबिन हुने स्पष्ट पारेका छन् ।

Comments

One response to “सुदुरपश्चिम: एमालेमा गएको एक भोटले गठबन्धनमा खैलाबैला !”

  1. Tej katuwal Avatar
    Tej katuwal

    केही लछारपाटो लाउदैनौ तिमिहरु खाते नेताहरुले खाली चुनाब आउने बेला जनतालाइ बौलाउने काम मात्रै हो सक्छौ भने लिपुलेक र लिम्पियाधुरामा गएर बिरोध गरेर देखाउ आफ्नो भुमिको जगेर्ना गर, भोसुडिहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *