राष्ट्रियसभामा जनमोर्चाको ‘इन्ट्री’

काठमाडौं । प्रतिनिधिसभामा मात्रै रहेको राष्ट्रिय जनमोर्चाको राष्ट्रियसभामा समेत ‘इन्ट्री’ भएको छ।

बुधबार भएको राष्ट्रिसभा चुनावमा लुम्बिनी प्रदेशको दलिततर्फ जनमोर्चाका उम्मेदवार तुलबहादुर विश्वकर्मा विजयी भएका छन्।

राष्ट्रियसभा शून्य उपस्थिति रहेको जनमोर्चाले गठबन्धनको फाइदा लिएको हो ।

प्रतिनिधिसभामा उपाध्यक्ष दुर्गा पौडेल सांसद छिन् । उनी पनि वाम गठबन्धनका बेला २०७४ मा प्युठानबाट निर्वाचित भएकी थिइन् ।

जनमोर्चा अहिलेको पाँच दलीय गठबन्धनको सदस्य हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *