क्रिप्टो, हाइपर फण्डजस्ता नेटवर्क कारोबार अवैध : बैंकर्स संघ

काठमाडौं । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले क्रिप्टो, भर्चुअल करेन्सी तथा नेटवर्क मार्केटिङ कारोबार/व्यवसाय गैरकानूनी भएको जनाएको छ ।

संघले एक सूचना जारी गर्दै नेपालमा भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबार गैरकानूनी रहेको भन्दै त्यसको कारोबार नगर्न आग्रह गरेको हो । त्यस्तो कारबोबार गरेको पाइए कानूनबमोजिम कारबाही हुने संघले प्रष्ट्याएको छ ।

‘नेपालमा विदेशी विनिमय वा मुद्राका रूपमा क्रिप्टो/भर्चुअल करेन्सीलेको कारोबार अवैध हो । कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिइ स्वदेशी पुँजी पलायन हुने भएकोले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भइ नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिक समेतले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुनेछ’, संघको सूचनामा भनिएको छ ।

यो पनि पढ्नुस् : परिवार नै क्रिप्टो करेन्सी कारोबारमा, ३७ करोड ६४ लाख रूपैयाँ बिगोसहित मुद्दा दायर

पछिल्ला दिनमा क्रिप्टोकरेन्सी तथा पिरामिडमा आधारित नेटवर्किङ हाइपर फन्ड, जोसियल, क्राउडवान, सोलम्याक्स ग्लोबलजस्ता नेटवर्किङजस्ता गैरकानूनी कारोबार भइरहेको पाइएको छ ।

मंगलबारमात्र राजस्व अनुसन्धान विभागले क्रिप्टो करेन्सी कारोबारमा संलग्न अभियोगमा कैलालीका एकै परिवारका तीनसहित चार जनाविरुद्ध ३७ करोड रुपैयाँभन्दा धेरै बिगो दाबी गरी मुद्दासमेत दायर गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *