स्थानीय चुनाव अर्को वर्षको चैतसम्म गर्न सकिन्छ, तीनै तहको चुनावमा पाँच दल मिल्छौं : नेपाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन अर्को वर्षको चैत महिनासम्म गर्न सकिने संवैधानिक र कानूनी सुविधा सत्ता गठबन्धनलाई रहेको बताएका छन् ।

रामेछाप जिल्लाका विभिन्न पार्टीका युवालाई नेकपा एसमा प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले २०७९ चैतसम्म स्थानीय तहको चुनाव गराउन सकिने भए पनि आउने मंसिरभित्र तीनै तहको चुनाव गराउने छलफल गठबन्धनमा भइरहेको बताए ।

नेपालले भने, ‘हामी पाँच दल मिलेरै चुनावमा जान्छौं । आउने असोज, कात्तिक मंसिर महिनामा केन्द्रको चुनाव, प्रदशको चुनाव र स्थानीय चुनावमा जानेछौं । यसमा छलफल चलिरहेको छ । अहिले देखि नै तयारी गर्नुपर्छ । पार्टी प्रवेश अभियान प्रशिक्षण अभियान चलाउनुपर्छ ।’

अध्यक्ष नेपालले २०७४ असोज ७ गते स्थानीय तहको अन्तिम मत परिणाम आएकोले त्यसैलाई आधार मानेर अर्को चैतसम्म चुनाव गर्नुपर्ने बताए ।

संविधानमा गाउँसभा र नगरसभाको चुनाव सम्पन्न भएको ५ वर्ष पुगेको ६ महिनाभित्र अर्को चुनाव गराउने व्यवस्था रहेकाले एमालेको वितण्डाको अर्थ नरहेको नेपालले बताए ।

Comments

2 responses to “स्थानीय चुनाव अर्को वर्षको चैतसम्म गर्न सकिन्छ, तीनै तहको चुनावमा पाँच दल मिल्छौं : नेपाल (भिडिओ)”

  1. nagendra Avatar
    nagendra

    एउटा लठुवाले अरुलाई पनि आफु जस्तै लठुवा देखेछ भनेछ !! त्येती मात्र नभएर सिङो देशलाई लठुवाहरुको घेराबन्दिमा राख्नु पर्छ भनेछ !!

  2. ksp pyl Avatar
    ksp pyl

    पाँचदल मिलेर मात्र हाेईन तिमी पनि काँग्रेस प्रवेश नै गरेर चुनाव लड तर संविधान पढने गर लठुवा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *