प्रचण्डपत्नी सीता दाहाललाई कोरोना संक्रमण, आईसीयूमा राखेर उपचार हुँदै

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल कोरोना संक्रमित भएकी छन्। प्रचण्डको निजी सचिवालयका अनुसार स्वास्थ्य प्रतिकुलताका कारण तीन दिनदेखि अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको बताइएको छ।

‘ममीलाई कोरोना पोजेटिभ देखिएपछि विगत ३ दिनदेखि अस्पताल भर्ना गरिएको छ,’ दाहालकी छोरी एवम् स्वकीय सचिव गंगा दाहालले भनेकी छिन्, ‘चिकित्सकका अनुसार ममीको स्वास्थ्य अवश्था सुधारोन्मुख छ र केही दिन अस्पताल मै राखेर उपचार गर्नुपर्नेछ।’

दाहाल यसअघि नै पार्किन्सन रोगबाट पीडित छिन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *