मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न शान्ति समाजको माग

रूपन्देही । मानव अधिकार तथा शान्ति समाजले भौतिक पूर्वाधार मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । समाजका केन्द्रीय अध्यक्ष गोविन्द्र खनालले आइतबार एक विज्ञप्ति जारी गर्दै आपत्तिजनक अभिव्यक्ति दिने मन्त्री यादवलाई तत्काल बर्खास्त गर्न माग गरेका हुन्।

‘मन्त्री रेणु यादवले हालै रौतहटको गौरमा दिएको आपत्तिजनक अभिव्यक्ति मन्त्री पदको गरिमा बिपरीत हुनुका साथै लोकतान्त्रिक मर्यादाको खिलाफ रहेको धारणा मानव अधिकार तथा शान्ति समाजको रहेको छ।

आपराधिक मार्गलाई बढावा दिने गरी अभिव्यक्ति दिने मन्त्री रेणु यादवलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न प्रधान मन्त्री शेरबहादुर देउवालाई मानव अधिकार तथा शान्ति समाज आग्रह गर्दछ।’–अध्यक्ष खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यादवको उक्त अभिव्यक्तिपछि सबैतिरबाट आलोचना भएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *