रोकियो म्यानचेस्टर सिटीको १२ खेलको जित यात्रा

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीको लगातार १२ खेलको विजयी यात्रा टुंगिएको छ।

साउथह्याम्पटनले शनिबार राती घरेलु मैदानमा म्यान सिटीलाई १–१ गोलको बराबरीमा रोकेको हो। खेलको सातौं मिनेटमा घरेलु टोलीले कायम वाकर पिटर्समार्फत अग्रता लिएको थियो। तर दोस्रो हाफमा म्यन सिटी बराबरीमा पुगेको थियो।

केभिन डी ब्रुयेनको पासमा आयमरिक लापोर्टेले ६५ औं मिनेटमा गोल गर्दै खेललाई १–१ को स्थितिमा पुर्‍याएका थिए।

प्रिमियर लिगमा म्यान सिटीले गत अक्टोबरयता खेलेका सबै खेल जितेको थियो। २३ खेलबाट ५७ अंक भएको म्यान सिटी शीर्षस्थानमा कायम छ। दोस्रो स्थानमा रहेको लिभरपुलको २१ खेलबाट ४५ अंक छ। २३ खेलबाट चेल्सीको ४४ अंक छ।

सिटीले यो सिजन घरेलु लिगमा १८ जित, ३ बराबरी र २ हारको नतिजा निकालेको छ। म्यान सिटीलाई बराबरीमा रोकेको साउथह्याम्पटन २२ खेलबाट २५ अंक जोड्दै तालिकाको १२ औं स्थानमा रहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *