कजाकिस्तान संकट : सरकारविरोधी प्रदर्शनमा २२५ जनाको मृत्यु

कजाकिस्तानमा हालैको हिंसात्मक प्रदर्शनका क्रममा सुरक्षाकर्मीहरू सहित कम्तीमा २२५ जनाको मृत्यु भएको पजहवो अफगान समाचारले सोमबार जनाएको छ।

आइतवार शहर प्रहरी विभागका प्रमुख, कानाट तैमेरदेनोभले दिएको जानकारी अनुसार अल्माटी दंगाले आक्रान्त भएको केही दिनमा शहरका शवगृहहरूमा सातवटा आक्रमणहरू भएका थिए र दंगाकारीहरूले आफ्ना धेरै साथीहरूको शव नियन्त्रणमा लिएका थिए।

इन्धनको मूल्यवृद्धिको विरोधमा देशको पश्चिम भागमा जनताले र्या ली गर्दै व्यापक विरोध प्रदर्शन शुरु गरेका छन्। त्यसपछि अशान्त कजाकिस्तानको दक्षिणमा रहेको देशको पूर्व राजधानी अल्माटी लगायत अन्य क्षेत्रहरूमा उक्त अशान्ति फैलिएको थियो। अल्माटीमा जारी विरोध प्रदर्शन हिंसात्मक बनेको थियो।

सरकारले जनवरी १९ सम्म आपतकालीन अवस्थाको घोषणा गरेको छ। त्यसैरी कजाकिस्तानका राष्ट्रपति कासिम(जोमार्ट तोकायेभले कजाकिस्तानमा शान्ति सैनिकहरू पठाउने सामूहिक सुरक्षा सन्धि संगठनसँग मद्दतका लागि अनुरोध गर्नुभएको थियो। उक्त सामूहिक सुरक्षा सन्धि संगठनका शान्ति सैनिक यस हप्ता फिर्ता हुँदैछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *