धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाको आवेदन, देउवा र प्रचण्डका आ-आफ्नै उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाको आवेदन परेको छ ।

पहिलो पटक अध्यक्षका लागि निकालिएको सूचना विवादमा आएपछि दोस्रो पटक अध्यक्षको लागि आवेदन मागिएको थिए । आवेदन दिने आजसम्म समय थियो ।

बोर्डको अध्यक्षका लागि १५ जनाले आवेदन दिएका छन् ।

१ डा. गोपालप्रसाद भट्ट
२ खगेन्द्र कटुवाल
३ मुक्ति अर्याल
४ रमेश अधिकारी
५ चिरञ्जीवी चापागाई
६ डा नवराज अधिकारी
७ अम्बिका शर्मा लामिछाने
८ कृष्णराज पोखरेल
९ डा जीवन अंगाई
१० रमेश कुमार हमाल
११ सीताराम थपलिया
१२ डा केशवप्रसाद श्रेष्ठ
१३ अनिलराज पौडेल
१४ निरज गिरी
१५ हेमन्त बस्याल

आवेदन दिएका मध्ये नेकपा माओवादी केन्द्रका चिरञ्जीवी चापागाईं हुन भने नेपाली कांग्रेसको तर्फबाट रमेश कुमार हमाल हुन् ।

चापागाई र हमाल मध्ये एकजना बोर्डको अध्यक्ष हुने सम्भावना धेरै रहेको छ ।

चापागाईलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ ले अर्थमन्त्रालय आफ्नो भागमा परेको र सो मन्त्रालय अन्तर्गतको विभाग र बोर्डहरूको नियुक्ति आफूले पाउनुपर्ने अडान राखेका छन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा माओवादीलाई दिने पक्षमा छैनन् । कांग्रेस भने हमाल अध्यक्ष बनाउने पक्षमा रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *