विमान चार्टरमा भएको अनियमितता छानविन गर्न मन्त्री आलेद्धारा छानविन समिति गठन

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले कोरोना महामारीका बेला विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा विमान चार्टर्डमा भएको भनिएको अनियमितता छानविन गर्न समिति गठन गरेका छन् ।

मन्त्रीस्तरीय निर्णयबाट विहीवार मन्त्री आलेले मन्त्रालयका सहसचिव होमनाथ लुइटेलको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेका हुन् ।

समितिमा नागरिक उड्डयन प्राधिकरण क्यानका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर र उपसचिव टेकनारायण पौडेल छन् ।

समितिलाई १० दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ । विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउन त्यसबेला नेपाल एयरलाइन्सले ६५ र हिमालय एयरलाइन्स्ले २५० वटा चार्टर्ड फ्लाइट गरेका थिए ।

त्यसक्रममा नेपाली श्रमिकसँग महँगो भाडा असुल भएको गुनासो आएपछि तत्कालीन मन्त्री योगेश भट्टराईले पनि छानविन समिति गठन गरेका थिए । तर सो समितिको प्रतिवेदन सार्वजनिक भएको छैन ।

Comments

One response to “विमान चार्टरमा भएको अनियमितता छानविन गर्न मन्त्री आलेद्धारा छानविन समिति गठन”

  1. Arjun Avatar
    Arjun

    अव काले काले मीलेर खाउ भाले भन्नेलाई ठिक पार्न आयो आले।

Leave a Reply

Your email address will not be published. Required fields are marked *