धुलिखेल नगरपालिकाले काभ्रे जिल्लाका सबै पत्रकारको स्वाथ्य बीमा गरिदिने

धुलिखेल । धुलिखेल नगरपालिकाको ५३ औ नगर कार्यापालिका बैठकले जिल्लाका सबै संचारकर्मीहरुको स्वास्थ्य बीमा गर्ने निर्णय गरेको छ ।

यसअघि धुलिखेल नगरपालिकाले पत्रकार महासंघको समन्वयमा सूचना केन्द्र स्थापना गर्ने गरी बजेट विनियोजन गरेको थियो ।

‘धुलिखेल नगरपालिकाले काभ्रेपलाञ्चोक जिल्लालाई कार्य क्षेत्र बनाई निरन्तर पत्रकारिता गर्ने पत्रकारहरुको स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको छ’ नगर प्रमुख अशोक व्याञ्जुले भने, ‘पत्रकार महासंघसँगको समन्वयमा पत्रकारहरुको सूची उपलब्ध भए पछि नगरपालिकाले धुलिखेल नगरपालिकामा उपचार गराउने गरी स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको हो ।’

त्यस्तै कार्यपालिका बैठकले धुलिखेलमा कार्यालय रहेका आन्तरिक राजश्व कार्यालय, जिल्ला निर्वाचन कार्यालय, खानेपानी तथा सरसफाई कार्यालय र जनस्वास्थ्य प्रयोगशाला कार्यालयलाई जग्गा उपलब्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेलले जानकारी दिए ।

त्यस्तै विपन्न, गरिव दलित, सिमान्तकृत र गरिवीको रेखामुनी रहेका नागरिकहरुलाई शौचालय निर्माणमा ५० प्रतिशत अनुदान दिने निर्णय गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *