काभ्रे । प्रेस चौतारी काभ्रेको अध्यक्षमा भुवन रायमाझी चयन भएका छन् । बुधबार सकिएको सातौं जिल्ला अधिवेशनबाट रायमाझी नेतृत्वमा टिम बनेको हो । उपाध्यक्षमा रामसुन्दर आचार्य र सरिता सापकोटा चयन भएका छन् ।
सचिवमा जगतमान बल चयन हुँदा दुई सहसचिवमा अरबिन्द्र गौतम र चित्र तामाङ छानिएका छन् । त्यस्तै कोषाध्यक्ष काजल तामाङ बनेकी छिन् ।
सदस्यहरुमा विकास तिमल्सिना, मणिराम दाहाल, अनिष पोखरेल, नवराज ढकाल, रन्जित बोहरा, कपिलकुमार दनुवार, सुशीलराज गिरी, बालकृष्ण बजगाई शिशिर लामा र प्रदिप भण्डारी चयन भएका छन् ।

Leave a Reply