घोराही । दाङमा नक्कलि असई बनेर ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
दाङको घोराही १५ मालपोत कार्यालय नजिकैबाट जिल्ला प्रहरी कार्यालय दाङले घोराहीका स्थानीय रामबहादुर बस्नेतलाई पक्राउ गरेको हो ।
उनले नक्कलि असई बनेर धम्की दिँदै त्यहाँकै एक पसलबाट १४ हजार बराबरको कम्बल ठगी गरेको आरोप लागेको छ ।
पीडितको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्लेले बताए ।
बस्नेतलाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply