अभिनेता पुष्पा खड्कालाई सर्वोत्कृष्ट मोडल अवार्ड

काठमाडौं । अभिनेता पुष्प खड्का हिमालयन इन्टरनेसनल अवार्डबाट सम्मानित भएका छन् । ‘पार्‍यो माया जालैमा’ म्युजिक भिडिओबाट उनले सर्वोत्कृष्ट मोडलको अवार्ड हात पारेका हुन् ।

वुमेन्स एरा मिडिया ग्रुप प्रालि नेपालको आयोजनामा ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड’ को दोस्रो संस्करणमा अभिनेता खड्काले ‘बेस्ट मोडल’तर्फ अवार्ड हात पारेका हुन् ।

राजधानीको बानेश्वरस्थित एभरेष्ट होटलमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अवार्ड वितरण गरिएको थियो ।

अवार्ड समारोहमा वरिष्ठ सङ्गीतज्ञ गुरुदेव कामतलाई दीर्घ साधना सम्मान प्रदान गरिएको थियो भने नेपाली कांग्रेसकी सबैभन्दा कान्छी केन्द्रीय सदस्य तथा लोकगायिका विद्या तिमल्सिनालाई सम्मान प्रदान गरिएको थियो । समारोहमा ‘रङ्ग पत्रकारिता सम्मान’ बाट पत्रकारत्रय तुलसी गिरी ‘भावुक’, लक्ष्मण सुवेदी र विष्णु सुवेदीलाई सम्मान गरिएको थियो ।

युवा उद्यमी ऋषिराम कँडेल, युवा व्यवसायी विकास श्रेष्ठ, पर्यटन व्यवसायी रामप्रसाद श्रेष्ठ, महिला उद्यमी कल्पना थापा, सामाजिक अभियन्ता राजन थापा, वरिष्ठ चलचित्रकर्मी विनोद सेरेङ, प्रेरक वक्ता अर्पण शर्मा, सामाजिक अभियन्ता विकासकुमार दास, नृत्य निर्देशक नारायण रिजाल, छायाकार तथा सम्पादक वीरेन्द्र भाट ‘विपिन’, ध्वनि सम्पादक मनोज परियार, भिडिओ निर्देशक कुमार आचार्य र गायक सुरज पौडेललाई दोसल्ला, माला र सम्मान पत्रद्वारा प्रमुख अतिथि मन्त्री रेग्मीले सम्मान गरेकी थिइन् ।

Comments

One response to “अभिनेता पुष्पा खड्कालाई सर्वोत्कृष्ट मोडल अवार्ड”

  1. Janak Avatar
    Janak

    Its puspa not puspha

Leave a Reply

Your email address will not be published. Required fields are marked *