चीनबाट आज थप १२ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । कोभिडविरुद्धको झन्डै १२ लाख डोज भेरोसेल खोप आज चीनबाट काठमाडौं आइपुगेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा भेरोसेलको ११ लाख ८४ हजार मात्रा खोप आएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

विभागका आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख सुरेन्द्र चौरसियाका अनुसार नेपालले अहिलेसम्म भेरोसेल, कोभिसिल्ड, अस्ट्राजेनेका, फाइजर, मोर्डना, जोनसनसहितको चार करोड ३ लाख ८७ हजार ९२७ मात्रा खोप प्राप्त गरेको छ ।

सरकारले खोप अभियान सुरु भएदेखि अहिलेसम्म दुई करोड ६४ लाख पाँच हजार २१० मात्रा खोप लगाएको छ । जसमा लक्षित समुहले ७६.२ प्रतिशतले एक मात्रा र ५६.४ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

कूलजनसंख्याको ४९.९ प्रतिशतले एक मात्रा र ३७ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् । सरकारले माघ दोस्रो सातादेखि बुस्टर डोज अभियान सुरु गर्ने तयारी गरेको छ ।

Comments

One response to “चीनबाट आज थप १२ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो”

  1. ksp pyl Avatar
    ksp pyl

    जति खाेप आए पनि सिरिन्ज व्यवस्था गर्न नसकेर खाेप नलगाउने निकम्मा सरकार र त्यसका स्वास्थ्यमन्त्री ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *